१६ माघ काठमाडौँ । म्याग्दीमाको रघुगङ्गा गाउँपालिकामा रुखले किचेर एक जनाको मृत्यु भएको छ । रघुगङ्गाका स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको छ।
सोही गापालिकाको वडा न ३ मौवाफाँटको फूलबारीमा दाउरा काटदा रुख ढलाउने क्रममा किचेर गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन ।
रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
उनको भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो । अहिले शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको पनि प्रहरीले जानकारी दिएको छ ।