१६ माघ काठमाडौँ । पोखरा महानगरपालिकामा निर्माणाधीन घरको छतबाट खसेर इन्जिनियरको मृत्यु भएको छ ।
मङ्गलवार नयाँ निर्माण भइरहेको घरबाट खसेर ३७ वर्षका इन्जिनियर प्रवीण भट्टराईको मृत्यु भएको हो । पोखरा महानगरपालिकाको चिनीमाया भण्डारीको घरको पाँचौँ तलामा सोलार चेकजाँच गर्ने क्रममा अचानक चिप्लिएर भट्टराई तला खसेका थिए ।
माथिमा बाट बसेका भट्टराई गम्भीर घाइते भए संगै गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुने भट्टराई न्युरोडस्थित मुक्ति इनर्जीबाट त्यहाँ खटिएका थिए ।भट्टराई को शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको पोखरा प्रहरीले जनाएको छ । घटनाको थप विवरण भईरहेको छ ।