१७ माघ काठमाडाैँ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सञ्चालन भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट हुलाक टिकट छपाइ गर्न थालेको छ ।
यसअघि नेपालमा पाइने हुलाक टिकट भारतलगायत अन्य मुलुकमा छापिने गरेको थियो । अहिले हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ जनक शिक्षाले विदेशबाट नै ल्याएको हो ।
जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ । जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ ।