१७ काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको माछीखोलामा कृषि सामग्री वितरण भएको छ । धार्चे गाउँपालिकाको आयोजना र हाम्रो साहरा फाउण्डेशन नेपालको साझेदारीमा बेमौसमी तरकारी खेतीका लागि आवश्यक सामग्री वितरण गरिएको हो ।
उक्त गाउँपालिकामा बसि कृिष क्षेत्रमा नै बेमौसमी तरकारी खेती गर्न ४५ घरधुरीका कृषकलाई टनेल, प्लाष्टिक, थोपा सिचाईका सेट तथा गोलभेडा र भेडे खुर्सानीको बिउ बितरण गरिएको पालिकाले जनाएको छ ।
पालिकाको तीन लाख र साहरा फाउण्डेसनको दुई लाख ५० हजार रकमबाट कृषि सामग्री खरिद गरिएको हो । मंगलवार एक कार्यक्रमका बीच किसानहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।
फाउण्डेशनका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, कृषि शाखाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकै अवसरमा किसानहरुलाई बेमौसमी तरकारी खेतीबारे अभिमुखिकरण समेत गरिएको थियो ।