१७ माघ काठमाडाैँ । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ। ४७ वर्षीय पण्डित क्यान्सरपीडित रहेका थिए ।उनी आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा बिहान ३ बजे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ ।
पण्डित तनहुँको भानु नगरपालिका वडा न १२ मा २०३३ वैशाखमा जन्मिएका थिए । उनकाे परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्।
निधन पण्डित शिक्षा पत्रकार समाजका महासचिव पनि हुन् । उनी पत्रकारिता तथा सामाजिक अध्ययनका अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए।उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाएकाे छ ।