Logo

बिहिवार, श्रावण १४ गते २०८३

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

जोईन खबर

२०, चैत्र २०७९
  • 754
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

    २० चैत काठमाडौ । बुद्धभूमी नगरपालिका ९ चम्पापुरमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा कपिलवस्तुकै विजयनगर गाउँपालिका ४ त्रिपालनगरका २९ वर्षीय बाबुराम कुवँर रहेका छन् ।

    images

    दुर्घटनाबाट गम्भीर घाइते भएका कुँवरको उपचारको क्रममा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल गएराती पौने १२ बजे मृत्यु भएको हो ।

    घाइते भएका दाङको घोराही उपमहानगपालिका १ रामपुरका ३० वर्षीय बल देव पौडेल र विजयनगर गाउँपालिका ४ का ३५ वर्षीय राज मगरको उपचार भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा भइरहेको छ।

    बिग्रिएर सडकमा रोकी राखेको ग १ ख ३८३५ नम्बरको मिनि ट्रकको पछाडी तिनजना सवार रहको रा ३ प ७६ ७० नम्बरको मोटरसाइकल गएराति साढे १० बजे ठोकिएको थियो ।

    प्रकाशित मिति :चैत्र २०, २०७९ सोमवार - ११:००:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको