१८ माघ काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज युकेले पत्रकार दिपीन राई र संगिता चेपाङलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
महासंघ फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान कार्यक्रममा फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई फोनिज युके पत्रकारिता सम्मान९२०२३’ र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार९२०२३’ प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिका प्रमुख हेड अफ ट्रस्ट सोनाम छिरिङ शेर्पाका बताए ।
पुरस्कार छनोट समितिका प्रमुख शेर्पाका अनुसार सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरे पनि ति मध्ये २ जनालाई सम्मान र पुरस्कार प्रदान गरीने बताए हो । सम्मान र पुरस्कारको राशी २५÷२५ हजार रुपैयाँ रहेको छ ।
दिपीन राई २०४९ साल दैनिक विवेचना देखि अनवरत पत्रकारीपत्रकार महासंघमा सम्लग्न भएका छन् । पत्रकार राई यलम्बर टाइम्स सम्पादक र प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत छन् । त्यस्तै युवा पत्रकार संगीता चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपुन्मुख चेपाङ समुदायका पत्रकार हुन । यो समुदायबाट पत्रकारिता पेसामा अति न्यून व्यक्ति मात्र सहभागी छन । त्यस मध्येका एक संगीता चेपाङ हुन् । पत्रकार संगीता चेपाङ हाल इच्छाकामना एफ एम १०२।४ मेघाहर्ज कुरिनटार चितवनमा कार्यरत छन ।