१८ माघ काठमाडाैँ । युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै सर्वसाधारणबाट करोडौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले उक्त व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला ललितपुर नत्लु गाविस वडा नम्बर ५ हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भई हाल जिल्ला ललितपुर इमाडोल बस्ने वर्ष ३२ का विकास बाइवा भन्ने सुजन तामाङ रहेका छन् ।
काठमाडौं महानगरपालिका १६ बालाजु चोक स्थितमा यूरो विङ्स् शिक्षा परामर्श संस्था सञ्चालन गरी आफूलाई विकास वाइवाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसियालगायतका देशहरूमा पठाइदिन्छु भनि प्रलोभनमा करोडौँ रकम ठगी गरेको कसूरमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले बताएका छन् ।