१८ माघ काठमाडाैँ । ज्ञानोदय बालवाटिका र संस्कृति १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।स्वयम्भूस्थित आयोजक द एक्सिेल्सियर स्कुलको कोर्टमा ज्ञानोदयले बोधीसत्वलाई १०–४ ले पराजित ग¥यो ।
ज्ञानोदयको जितमा रिस्ता टिजाले ४ अंक योगदान गरिन् । जुरी थपलियाको ३ अंक सहयोगमा संस्कृतिले द चाँदबागलाई १०–७ ले हरायो । सिनियर गल्र्समै रिब्सले एक्सेल्सियरलाई ६–२ ले पाखा लगाउदै क्वाटरफाइनलम स्थान सुरक्षित ग¥यो ।
रिब्सकी खुशी अधिकारीले ५ अंक जोडिन् ।सिनियर ब्वाइजमा एनआईसी एकेडेमीले निसर्ग वाटिकालाई ३७–१७ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय ग¥यो । एनआईसीका मिसन भट्टराईले ११ स्कोर गरे । सोही स्पर्धामा ज्ञानोदय बालवाटिकाले टीआईएलाई ४२–३१ तथा जेनिथले विस्डम एकेडेमीलाई ४१–४ ले पराजित गरे । ज्ञानोदयका दीपेश शाहीले २३ तथा जेनिथका अनिश गुरुङले १५ अंक जोडे ।