१९ माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानीमा मोतीबिन्दु निशुल्क शल्यक्रिया तथा आँखा उपचारको शिविर सञ्चालन हुने भएको छ । बारपाक सुलिकोट गाउँपालिका र सौरपानी समाज काठमाडौँ महानगरपालिका वडा न १६ रानीबन काठमाडौँको संयुक्त आयोजनामा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई दिने गाउँपालिकाको वडा न ४ सौरपानीमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा आँखा उपचार शिविर सञ्चालन हुने गाउँपालिका नि, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पनेरुले जानकारी दिनु भयो ।
गाउँपालिका नि, प्रमुख प्रशासकीय अधिकृत पनेरुका अनुसार यही माघ २२ र २३ गते गाउँपालिका वडा नं ४ को सौरपानी सामुदायिक स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ ।उक्त शिविरमा भेटिएका मोतिबिन्दुका विरामीहरुलाई सौरपानीको सामुदायिक स्वास्थ्य शाखामा नै शल्यक्रिया गर्ने र शिविरमा चेकजाँच गरेका बिरामीहरुलाई समस्या अनुसार औषधी चस्मा वितरण गर्ने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोजराज भट्टले जानकारी दिनु भयो ।
विशेषज्ञ चिकित्सकसहितका यस्ता शिविरले स्वास्थ्य सेवासँगको जनताको पहुँच स्थापित हुने गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बताउनुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढङ्गबाट काम गरिरहेको पनि बताउनुभयो ।
आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन बजार धाउनुपर्ने अवस्थाको अन्त्य गरेको बताउँदै अध्यक्ष भट्टले ले गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्य गरी यो भन्दा अघि पनि गाउँपालिका वडा न ७ पाँचखुवा देउरालीमा पनि निःशुल्क स्वास्थ्य आँखा शिविर सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।