Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार

सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार

जोईन खबर

१९, माघ २०८०
  • 829
    SHARES
  • सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार

    १९ माघ काठमाडाैँ । नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ।महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए

    images

    उनका अनुसार कार्यालय बाहिर पूर्व–पश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको हो।

    images
    images
    images

    छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ। घाईते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रनि थापाले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस)

    प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - १४:५२:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको