Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारतविरुद्ध ७७ रन जोड्दा नेपालले ७ ब्याटर गुमायाे

भारतविरुद्ध ७७ रन जोड्दा नेपालले ७ ब्याटर गुमायाे

जोईन खबर

१९, माघ २०८०
  • 760
    SHARES
  • भारतविरुद्ध ७७ रन जोड्दा नेपालले  ७ ब्याटर गुमायाे

     १९ माघ काठकमडाैँ । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा भारतविरुद्ध   ७७ रन जोड्दा नेपालले  ७ ब्याटर गुमाएको छ ।

    images

    भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले  ७७ रन जोड्दा ७ ब्याटरलाई गुमाइसकेको छ । सुरुआत मध्यम गरेको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदा सङ्कटमा परेको हो ।

    images
    images
    images
    नेपालका लागि दीपक बोहरा र अर्जुन कुमालले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि २९ रन जोड्दा नेपालले ७ विकेट गुमाएको छ । 

    नेपालका ओपनर दीपक २२ र अर्जुन २६ रन बनाएर आउट भए । उत्तम थापामगर ८, विशालविक्रम केसी १ र दीपक डुम्रे शून्य रनमा आउट भए । गुल्सन झा १, दीपेश कँडेल शून्य रनमा पभेलियन फर्किए ।

    प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - २२:०५:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको