Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा जिल्ला भलिबल संघ, गोरखाको प्रथम साधारण सभा सम्पन्न

गोरखा जिल्ला भलिबल संघ, गोरखाको प्रथम साधारण सभा सम्पन्न

जोईन खबर

२१, माघ २०८०
  • 913
    SHARES
  • गोरखा  जिल्ला भलिबल संघ, गोरखाको प्रथम साधारण सभा  सम्पन्न

    २१ माघ काठमाडौँ ।गोरखा  जिल्ला भलिबल संघ, गोरखाको प्रथम साधारण सभा हिजो सम्पन्न भएको छ। यस कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता र  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको प्रमुख आतिथ्यतामा प्रथम  साधारण सभा सम्पन्न भएको हो  ।

    images

    उक्त सभामा विभिन्न निर्णयहरु समेत गरीको छ । यस सभाले आउँदो चैत महिनामा पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको संघका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।  संघका अध्यक्ष गुरुङका अनुसार प्रतियोगिता आयोजना गर्ने निर्णय  भए पनि  कति गतेबाट सुरु गर्ने भन्ने कुराचाहिँ हामी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने समेत बताउनु भयो ।

    images
    images
    images

    प्रतियोगितामा संघले   प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष दुवै टिमलाई पुस्कार वितरण गर्ने निर्णय गरेको छ । यसमा प्रथम हुने टिमलाई नगद रू ७० हजार ट्रफी र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद रू ५० हजार ट्रफी र प्रमाणपत्र र  तृतीय हुने  टिमलाई  नगद रू ३० हजारट्रफी र प्रमाणपत्र प्रदान गर्ने पनि निर्णय भएको छ ।

    उक्त साधारण सभामा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका म अध्यक्ष बस्नेत, संघका सल्लाहकार एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पृथ्वी गुरुङ, पूर्व प्रहरी इन्स्पेक्टर हरि थापा, संघका महासचिव राजुबाबु श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मण काप्रीलगायतले मन्तव्य राख्नु भएको थियो । 

    प्रकाशित मिति :माघ २१, २०८० आइतवार - १२:४१:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको