२१ माघ काठमाडाैँ । हास्य टेलिशृंखला 'हल्का रमाइलो' का (बल्छि धुर्बे) मरिचमान श्रेष्ठ र ( पुकु) पुजन घिमिरे अस्ट्रेलिया उडेका छन्।
आइतबार बिहान उनीहरू टेलिशृंखलाको छायांकन गर्न अस्ट्रेलिया उडेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै मरिचमानले भने, 'हामी लगभग १ महिनाको लागि अस्ट्रेलिया जादैछौं। त्यहाँ हामी कार्यक्रम र टेलिशृंखलाको छायांकन गर्नेछौं समेत बताए ।
हल्का रमाइलो' मा बल्छि धुर्बे र पुकुको जोडीलाई दर्शकले रूचाइरहेका छन्। यस टेलिशृंखलालाई मरिचमानले नै निर्देशन गरिरहेका छन्।
यस टेलिशृंखलामा मरिचमान र पुजनसँगै लक्ष्मी गिरी, सरू ढकाल, सविन बास्तोला, दिपेन्द्र तिमल्सिना, सारदा गिरी, राजु पौडेल, कृष्ण शिवाकोटी, कमला रेग्मी, उज्जवल खड्का, राजु कार्की, निर्मला आर्चाय, लक्ष्मण चौलागाईंलगायत कलाकारको अभिनय छ।