२१ माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले अगुवा कार्यकर्ताका लागि एकदिने स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीको राजनीतिक दर्शन पार्टी नीति सिद्धान्त, बिचार र कार्यदिशा बारेमा नेता कार्यकताहरुलाई पालिका स्तरका अध्ययन गराउन हिजो शनिबार एक दिने स्कुलिङ कार्यक्रम सम्पन्न भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

यस एकदिने स्कुलिङ कार्यक्रम गाउँपालिकाको वडा नम्बर ६ ताकुकोट पाल्खुमा आयोजित स्कुलिङमा पालिका भित्रका सवै वडा वडापार्टी समितिका पदाधिकारी, गाउँपालिका पार्टी समितिका सदस्य तथा पदाधिकारी, पालिका भित्रका प्रदेश समितिका सदस्यहरुको सहभागिता रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्टले बताउनु भयो ।

स्कुलिङमा केन्द्रीय सदस्यहरु अमर तमुले राजनीतिक अर्थशास्त्र, लेखबहादुर थापाले दर्शन शास्त्र, कमला नहर्कीले संगठानात्मक सिद्धान्त वारे, केन्द्रीय सदस्य बिष्णुप्रसाद भट्टले कम्युनिष्ट आन्दोलनको इतिहास, केन्द्रिय समितिकी सदस्य भगवती तिवारीले राजनीतिक कार्यदिशा वारेमा प्रशिक्षण प्रदान गर्नुभयो ।

साथै नेपालको संविधान र समावेशिताको सिद्धान्त र पार्टीका गण्डकी प्रदेशका समितिका प्रचार बिभाग प्रमुख दीपक श्रेष्ठ ‘जलन’ले सूचना प्रविधि, सामाजिक सञ्जाल र राजनीति बिषयमा केन्द्रीत रहेको प्रशिक्षण प्रदान गर्नुभएको हो ।उक्त कार्यक्रम पालिका भित्रका एकसय ३० जनाभन्दा बढी अगुवा नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
