Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विश्व विद्यालय खेलकुदको ट्रफी तथा लोगो सार्वजनिक

विश्व विद्यालय खेलकुदको ट्रफी तथा लोगो सार्वजनिक

जोईन खबर

२१, माघ २०८०
  • 655
    SHARES
  • विश्व विद्यालय खेलकुदको ट्रफी तथा लोगो सार्वजनिक

    २१ माघ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आइतबार सार्वजनिक गरिएको छ ।प्रतियोगिता सम्बन्धी जानकारी गराउन आयोजित पत्रकार सममेलनमा राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरेका हुन् ।

    images

    प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी हुने छन् ।

    images
    images
    images

    एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान ५–५ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।पत्रकार सम्मेलनमा उपाध्यक्ष कोइरालाले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिसंगको छलफलपछि ४ खेल समावेश गरिएको बताउदै विश्वविद्यालयहरुले पनि खेलकुदलाई महत्व दिउन् भन्ने उद्देश्यले राखेपले प्रतियोगिताको थालनी गरेको बताए ।खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले सहभागी सबै विश्वविद्यालयले छनोट प्रतियोगिता सम्पन्न गरिसकेको बताए ।

    दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च हुनेछ । पत्रकार सम्मेलनमा राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कसारी, राखेपका सदस्य अञ्जन धमला, प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ल, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहाल, कानून शाखाका प्रमुख नारायणराज अर्याललगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :माघ २१, २०८० आइतवार - १७:०५:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको