Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरानचोकका सन्तोष नेपालीबिरुद्ध ज्यान मार्न खोजेको आरोपमा पक्राउ गरी मुद्दा दर्ता

सिरानचोकका सन्तोष नेपालीबिरुद्ध ज्यान मार्न खोजेको आरोपमा पक्राउ गरी मुद्दा दर्ता

जोईन खबर

२३, माघ २०८०
  • 715
    SHARES
  • सिरानचोकका  सन्तोष नेपालीबिरुद्ध  ज्यान मार्न खोजेको आरोपमा पक्राउ गरी   मुद्दा दर्ता

    २३ माघ काठमाडौँ । गोरखा  सिरानचोकका  सन्तोष नेपालीबिरुद्ध  ज्यान मार्न खोजेको आरोपमा पक्राउ गरी   मुद्दा दर्ता गरिएको छ ।

    images

    पक्राउ पर्ने गोरखा सिरानचोक गाउँपालिका वडा न -६ मुसेखोला निवासी ३५ बर्षीय सन्तोष नेपालीबिरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक शेखर खड्का अनुसार नेपालीले आइतवार बेलुकी सोही स्थानका ४७ बर्षीय इन्द्रबहादुर बिकलाई ज्यान मार्ने नियतले टाउकोमा ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

    images
    images
    images

    नेपालीलाई सोही दिन पक्राउ गरी सोमवार मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । घाइते बिकको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना के कारणले भएको भने बारे थप विवरण आउन बाकी रहेको छ । 

    प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - १०:३७:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको