Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सीआईबीले तारागाउँको १५० रोपनी जग्गाबारे अनुसन्धान गर्ने सुरू

सीआईबीले तारागाउँको १५० रोपनी जग्गाबारे अनुसन्धान गर्ने सुरू

जोईन खबर

२३, माघ २०८०
  • 1.0K
    SHARES
  • सीआईबीले तारागाउँको १५० रोपनी जग्गाबारे  अनुसन्धान गर्ने सुरू

    २३ माघ काठमाडाैँ । बौद्ध टुसालस्थित तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हायात रिजेन्सी होटलको नाममा नामसारी भएको सम्बन्धमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान  केही दिन अघिबाट  अनुसन्धान  गर्ने सुरूवात गरेकाे छ । 

    images

    अनुसन्धान सीआईबी ले १८ माघमा बासबारी छाला–जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा पारेको आरोपमा व्यवसायी अरुण चौधरीसहित तत्कालीन जुत्ता कारखानाका अध्यक्ष अजितनारायणसिंह थापाका टाेलीलाइ सीआईबीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान तिव्रारूपमा जारी रहेएकाे छ ।

    images
    images
    images

    उक्त सफलताबाट नै सीआईबीले तारागाउँ विकास समितिको नाममा रहेको सरकारी जग्गा होटल हायातको नाममा नामसारी भएको र जग्गा लिज विवाद प्रकरणमा पनि अनुसन्धान अघि बढाएको हो ।सीआईबी स्रोतका अनुसार, केही दिनयता सीआईबीले एक छुट्टै टिम बनाएर तारागाउँ विकास समिति र हायात रिजेन्सी होटलबीचको सेयर खरिद, जग्गा नामसारी र लिज सम्झौताका कागजात संकलन गरिरहेको छ ।

    तारागाउँ समितिले हायात होटलमा साझेदारीका लागि १५० रोपनी जग्गा प्रति रोपनी १० लाखको दरले जग्गा होटलको नाममा नामसारी गरेर १७ करोड बराबर मूल्यमा सेयर खरिद गरेको थियो ।

    प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - ११:३२:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको