२३ माघ काठमाडौँ । ६ महिना भित्रमा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । यस चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोग गर्ने वा कारोबारी गर्ने लागुऔषध अपराधमा संलग्न हुने तीन हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस अवधि भित्र दुई हजार सात सय ५८ पुरुष , एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका छन, भने ति मध्य एक हजार नौ ६० मुद्दा दर्ता भएको प्रहरीले बताए ।
लागुऔषध पक्राउ परेकाहरू जसमा : जस्तै गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । उनीहरूबाट आठ हजार तीन सय २० केजी गाँजा, चरेश तीन सय आठ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम र तीन केजी कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको समाचारकक्षले जनाएको छ ।