२३ माघ काठमाडौँ । गएको पौष १६ गते गोरखाको अकला मन्दिर छेवैमा भएको हत्याको आरोपी किसान परियार र उनका आफनै भिनाजु निलबहादुर परियारलाई गोरखा अदालतको आदेशमा कारागार चलान गरिएको छ ।
केही महिना अगाडी गोरखा नगरपालिका वडा न -१४ अकला मन्दिर छेवैमा हिल कटेज सञ्चालन गर्दै आएका पालुङटार नगरापालिका–८ धुवाकोटका महेश भन्ने शमशेरबावु पन्तको हत्या आरोपमा परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले जानकारी दिनुभयो ।
पन्तलाई पोैष ९ गते राती ९ बजे गोरखा नगरपालकिा–१४ सलाङगिरी बस्ने २३ बर्षीय किसान परियारले व्यक्तिगत रिसईवीको कारण विवाद हुँदा धारीलो हतियार खुर्पा र चक्कु प्रयोग गरी पटक पटक प्रहार गरी मारेको खुल्न आएको सूचना अधिकारी खड्ले बताउनुभयो ।घटना पछी फरार भएका परियारलाई गोरखा प्रहरीले पौष २४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवन काठमाडौंको सहयोगमा राजधानीको कलंकी स्थितबाट पक्राउ गरेको थियो ।
घटनामा अनुसन्धानको घेरामा परेको आरोपीका आफनै भिनाजु निलबहादुरले भने घटना पश्चात मृतकको मोवाइल टुक्रा टुक्रा पारी खाल्डोलमा पुरेर सवुद प्रमाण नष्ट गर्न खोजेको र अभियुक्तलाई समेत भगाउन खोजेको अनुसन्धानबाट खुल्न आएकाले उनलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले बताए । दुवै जनालाई माघ २२ गते सोमबारदेखि पुर्पक्षका लागि कारागार चलान गरीएको हो । उनका भिनाजु गोरखा नगरपालिका वडा न (११ बस्ने ५८ बर्षीय निलबहादुर परियारलाई भने अदालतले १ लाख धरौटीमा छाडन माग गरेको थियो ,भने उक्त रकम राख्न नसकेपछी उनलाई पनि कारागार चलान गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।