२३ माघ काठमाडाैँ । रेडियन्ट पब्लिकले १० औं एक्सेल्सियर कपमा सोमबार दोहोरो उपाधि जितेको छ । रेडियन्ट सिनियर ब्वाइज बास्केटबल र यु–१३ ब्वाइज फुटसलमा च्याम्पियन बन्यो ।स्वयम्भूस्थित आयोजक द एक्सेल्सिय स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज बास्केटबल फाइनलमा रेडियन्टले जेनिथलाई ५१–४४ ले पराजित ग¥यो ।
रेडियन्टका रोहित चौधरीले २८ अंक जोडे ।सिनियर गल्र्स बास्केटबलको उपाधि भिडन्तमा काष्ठमण्डपले रिब्सलाई ३२–१५ ले हरायो ।
काष्ठमण्डपकी अमानी रेग्मीले १२ अंक स्कोर गरिन् ।रोहित र अमानी आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा निसर्ग वाटिका तथा गल्र्समा बोधीसत्व स्कुल अनुशासित टिम चुनिए ।