Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पालुङ्टारमा सिंचाइ याेजनाकाे लागि डेढकराेड रकम विनियाेज

पालुङ्टारमा सिंचाइ याेजनाकाे लागि डेढकराेड रकम विनियाेज

जोईन खबर

२४, माघ २०८०
  • 817
    SHARES
  • पालुङ्टारमा सिंचाइ याेजनाकाे लागि डेढकराेड रकम विनियाेज

    २४ माघ काठमाडौँ । गोरखा पालुङटार नगरपालिकाको सिंचाइ योजनाको काम यसबर्षदेखि अघि बढ्ने भएको छ । पालुङटार नगरपालिका वडा न -४ देखिवडा न -९ सम्मको करिव दुई हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुयाउने गरी उक्त योजना निर्माण गर्न लागिएको हो।

    images

    योजना विनियोज भए संगै अर्को महिनाबाट काम सुरु हुने पालुङटार कुन्दुरटार सिंचाइ आयोजनाले जनाएको छ । यस योजनाको विस्तृत परियोजना प्रतिबेदना डिपिआर समेत तयार भइसकेको आयोजना प्रमुख शंकरबुढाथोकीले बताउनुभयो । आयोजना प्रमुख बुढाथोकीका अनुसार अर्को महिनाबाट काम सुरु हुनेछ । उक्त योजनाका लागि यो बर्ष डेढ करोड रकम विनियोजन भएको उहाँले जानकारी दिनु भयो ।

    images
    images
    images

    योजना अन्तरगत स्थानीय खोल्साखोल्सीमा पोखरी निर्माण गरी पानी लिफ्ट गर्ने, मस्र्याङ्दीनदीबाट पानी लिफ्ट गर्ने र पानीको स्रोत भएका नहरहरुको मर्मत गरिने आयोजना प्रमुख बुढाथोकीले बतानु भयो । ुकुल ४५ वटा साना योजनाहरु प्रस्ताव गरेका छौ, ती योजना अन्तरगत यी कामहरु पर्छन्, उनले भने योजना सम्पन्न गर्न करिब डेढ अर्ब लाग्ने  उहाँको भनाइ छ ।

    डेढबर्षको अन्तरालमा दरौदी नदीमा १७ सय ५० मिटर तटबन्धन निर्माण गरिएको छ। गतर्ष १६ सय र यो बर्ष १ सय ५० मिटर तटबन्धन निर्माण गरिए‌को आयोजनाले जनाएको छ। तटबन्धन निर्माणका लागि गतबर्ष दुईकरोड बढी विनियोजन भएको थियो। यो वर्ष ७५ लाख मात्र विनियोजन भएको आयोजना प्रमुख बुद्धाबीकीले बताए। यो बर्षको बजेटले अधिकांश ठाउँमा काम भइसक्यो, अब करिव १५-२० मिटर मात्र तटबन्धन लगाउन पुग्छ होला उनले भने।

    स्थानीयको निवेदनको आधारमा नदीले कटान गरेको जोखिम क्षेत्रको स्थलगत निरिक्षण गरी आवश्यकताको आधारमा तटबन्धन निर्माण गरिएको कार्यालयले जनाएको छ ।  आयोजना प्रमुख बुद्धायोकीले भने दरौदी नदीले कटान गरेको जोखिम क्षेत्रमा तटबन्धन निर्माणका लागि गुरुयोजना सहित डिपिआर तयार गरेर मन्त्रालयमा पठाइएको उनले जानकारी दिए।दराैदी दैनिक पत्रिका

     

     

    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - १०:५५:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको