२४ माघ काठमाडाैँ । अरुण चौधरीले निजीकरण गरेको १० रोपनी जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु गरिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएका व्यवसायी चौधरीबाट सरकारको नाममा फिर्ता ल्याउन नापी कार्यालय डिल्लीबजारले सूचना जारी गर्ने तयारी गरेको प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।
उक्त जग्गा बैकमा राखेको फेला परेको छ । बैंकमा धितो बन्धकी राखेको भेटिएको उक्त जग्गाबारे सम्भवतः भोली सार्वजनिक सूचना निकाल्ने तयारी भएको ती स्रोतको भनाई छ ।
२० कार्तिक २०३७ मा मालपोत कार्यालय डिल्लीबजारले कित्ता नम्बर ५० को १८–३–२–० जग्गा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम गरेको थियो ।
सरकारको निर्णय बिना नै बाँसबारी छाला जुत्ता कारखाना सञ्चालक समितिले सो मध्येको १० रोपनी जग्गा चौधरी समूहको नाममा ‘हक हस्तान्तरण’ गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।