२५ माघ काठमाडौँ । बारामा वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । घुसलिएको आरोपमा जितपुरसिमरा उपमहानगरपालिका - ३ का वडाध्यक्ष ताराबहादुर क्षेत्रीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
वडाध्यक्ष क्षेत्रीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । वडाध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको सूचना अख्तियारले पाएको थियो ।
उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दपा ३ को उपदफा १ बमोजिम कैद सजाय र पाँच लाख रूपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सूचनापश्चात खटिएको टोलीले वडाध्यक्ष क्षेत्रीलाई पाँच लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।