२५ माघ काठमाडौँ । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने पर्वत २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिकाको ३६ वर्षीय लक्ष्मण दर्जी र सोही नगरपालिकाको ४२ वर्षीय दीपकबहादुर क्षेत्रीलाइ प्रहरीले बुधबार साँझ पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
उनीहरू हाल पोखरा ८ सिमलचौरमा बस्दै आएका थिए । ३६ वर्षीय दर्जी १ महिना अघि मात्रै नेपाल आएका हुन् ,भने ४ वर्षदेखि कतारमा रहेकका थिए । ४२ वर्षीय क्षेत्री भने बेरोजगार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले पोखरा लामाचौरस्थित सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाश दीप गैरेसँग ५ करोड फिरौती मागेका थिए । उनीहरूले गैरेलाई फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दर्जी र क्षेत्रीबाट भारतीय सिम, एनसेल र नमस्तेको सिम, गाँजा ५ सय ७२ ग्रामलगायत सामग्री बरामद गरी उनीहरूलाइ लागुऔषध, हातहतियार र आपराधिक लाभसम्बन्धी तीनवटा मुद्दा चलाइनेकास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।