२५ माघ काठमाडाैँ । भ्यालेन्टाइन्स अफरमा अल्टिमा इयरबडमा ११०० र स्मार्टवाचमा २००० छुट दिने सार्वजनिक भएकाे छ । कम्पनीले ३४९९ रुपैयाँ पर्ने बुम १४१ एएनसी इयरबडमा आकर्षक छुट सहित २३९९ रुपैयाँमै खरिद गर्न सकिने अफर ल्याएको हो ।
चार महिनाअघि सार्वजनिक भएको इयरबड हालसम्म आठ हजारभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ । त्यस्तै अल्टिमा वाच सर्कल १५ दिनमै अनलाइन माध्यममा चार हजार युनिट बिक्री भइसकेको उल्लेख छ ।भ्यालेन्टाइन्स अफरको रूपमा ग्राहकले बुम १४१ एएनसी इयरबड २३९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् ।
अफर अन्तर्गत अल्टिमा वाच सर्कल भने ३९९९ रुपैयाँमै खरिद गर्न सक्ने बताइएको छ । यद्यपि यो अफर इयरबडका लागि सुरुवाती ५०० र वाचका लागि पहिलो २०० अर्डरमा मात्र लागू हुने कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिका लागि मात्र मान्य हुनेछ । अल्टिमाका स्मार्टवाच र इयरबड नेपालका सबैजसो अनलाइन र अफलाइन प्लेटफर्ममा उपलब्ध रहेका छन् ।