२६ माघ काठमाडाैँ । ४३ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले एक सूचना जारी गर्दै आन्तरिक खुला, खुला तथा समावेशी गरी ४३ जनाका लागि विज्ञापन आह्वान गरेको हो।
आयोगको अनुसार आन्तरिक खुला तर्फ २१, खुल्ला १२, महिला चार, आदिवासी/जनजाति दुई, मधेसी दुई, दलित र अपाङ्ग एक–एक जनाका लागि दरखास्त माग गरेको हो ।
उक्त विज्ञापनमा आज शुक्रबार (विज्ञापन प्रकाशन भएको दिनदेखि) ३० दिनभित्र दरखास्त दिन सकिने छ। साथै दोब्बर दस्तुरमा त्यसको सात दिन पछि पनि दरखास्त दिन सकिने छ।
