Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई वटा चाउचाउको पाँच सय असुल्ने एक रेष्टुरेन्टलाई एक लाख जरिवाना

दुई वटा चाउचाउको पाँच सय असुल्ने एक रेष्टुरेन्टलाई एक लाख जरिवाना

जोईन खबर

२६, माघ २०८०
  • 997
    SHARES
  • दुई वटा चाउचाउको पाँच सय असुल्ने एक रेष्टुरेन्टलाई एक लाख जरिवाना

    २६ माघ काठमाडाैँ । पृथ्वी राजमार्ग आसपाकाे धादिङमा दुई वटा चाउचाउको पाँच सय असुल्ने एक रेष्टुरेन्टलाई एक लाख जरिवाना गरेको छ । २० रुपैयाँ पर्ने दुई वटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिने गल्छि गाउँपालिका–७ मासटारमा रहेको ह्याम्लेट रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो ।मासटारकाे होटल, किराना पसल र क्याफेलाई जरिवाना गरेको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए । 

    images

    ‘पकाएर दिएको दुइ पोका चाउचाउको पाँच सय रुपियाँ तिरेको होटलले दिएको बिलसहित एक जना उपभोक्ताले जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी ग¥यो । उजुरी परेपछि अनुगमन गरी जरिवाना गरेका हौं’ उनले भने– ‘ह्याम्लेटसहित गल्छिकै नवोदिप स्टोर र रिभर भ्यू क्याफेलाई दश दश हजार जरिवाना गरिएको छ । 

    images
    images
    images

    image_2024-02-09_152044709.png

    तोकिएको मूल्य भन्दा बढी लिने होटल तथा पसलेलाई कडा भन्दा कडा कार्वाही गरिने उनले बताए । 
    अनुगमनका क्रममा जरिवानाबाट साउन यता ७ लाख ९० हजार राजश्व संकलन भएको अनुगमन समितिका संयोजक पराजुलीले बताए ।

    प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - १५:२३:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको