Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा पत्रकार समाजको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन, अध्यक्षमा पत्रकार प्रदीपराज वन्त

गोरखा पत्रकार समाजको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन, अध्यक्षमा पत्रकार प्रदीपराज वन्त

जोईन खबर

२७, माघ २०८०
  • 1.1K
    SHARES
  • गोरखा पत्रकार समाजको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन, अध्यक्षमा पत्रकार प्रदीपराज वन्त

    २७ माघ काठमाडौँ । गोरखा पत्रकार समाजको प्रथम अधिवेशनले नयाँ नेतृत्व आज चयन गरेको छ । प्रथम अधिवेशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।पत्रकार समाजको अध्यक्षमा प्रदीपराज वन्त ,उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा सोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी ,कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् ।

    images

    समाजको कार्यसमिति सदस्यमा  सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि।क, मोहसिन अलि मिया गरी जम्मा ११  चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिनुभयो । 

    images
    images
    images

    नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले वरिष्ठ पत्रकारहरू रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुशील अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । आजको बैठकमा नयाँ नवनिर्वाचित अध्यक्ष वन्तले गोरखा घर  रहेका तथा काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नमा आफूले सक्दो कोशिश गर्ने प्रतिवद्धता जाहेर गरे ।

    अध्यक्ष वन्तले दल तथा वैचारिक बिचारधारमा बिभाजित नभई गोरखा र गोरखाको पत्रकारिताको विकासमा एक भएर लागिरहने बचन दिएर अघि बढ्न सबैलाई आह्वान समेत गरे ।गोरखा पत्रकार समाज गोरखाबाट काठमाडौं आएर बिभिन्न सञ्चार माध्यममा आबद्ध भइ पत्रकारिता गरिरहेकाहरुको संस्था हो । सो संस्था २०७७ सालमा दर्ता भएर क्रियाशिल रुपमा अघि बढिरहेको समेत बताए ।

     

     

     

     

     

     

     

    प्रकाशित मिति :माघ २७, २०८० शनिवार - २०:४२:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको