Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अजिरकोट गाउँपालिकाले ग्रामीण घुम्ती अल्ट्रासाउण्ड सेवा सञ्चालन

अजिरकोट गाउँपालिकाले ग्रामीण घुम्ती अल्ट्रासाउण्ड सेवा सञ्चालन

जोईन खबर

२८, माघ २०८०
  • 847
    SHARES
  • अजिरकोट गाउँपालिकाले ग्रामीण   घुम्ती अल्ट्रासाउण्ड सेवा   सञ्चालन

    २८ माघ काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । यस गाउँपािलकाले भर्खरै सम्पन्न भएको  हिउँदे गाउँसभाबाट निर्णय गरेर पालिकाले वडा वडा हुने स्वास्थ्यचौकीमा घुम्ती अल्ट्रासाउण्ड सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारि दिनुभयो । गाउँपालिकाले  गर्भवती महिलाको प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी सुनिश्चित गर्ने उद्देश्यले सेवा सञ्चालन गरिएको हो । 

    images

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दवाडीका भनाइ अनुसार पहिलो चरणमा पालिकाभित्रका सबै स्वास्थ्यचौकीमा रहेका सुरक्षित सुत्केरी केन्द्र९बर्थिङ सेण्टर० मा अल्ट्रासाउण्ड सेवामा घ्याच्चोक स्वास्थ्यचौकी, खरिबोट स्वास्थ्यचौकी, भच्चेक स्वास्थ्यचौकी, सिम्जुङ स्वास्थ्यचौकी, मुच्चोक स्वास्थ्यचौकी र बालुवाको बर्थिङसेण्टरमा सञ्चालन गरिएको अल्ट्रासाउण्ड सेवामा ५० जना गर्भवती महिलाले सेवा लिएको बताए । 

    images
    images
    images

    पालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवामा गर्भवती भएको १२ हप्तादेखि नौ महिनाका गर्भवती महिलाहरुले सेवा लिनेछन् । ‘१२ हप्तादेखि नौ महिनासम्मका गर्भवती महिलाको गर्भको अल्ट्रासाउण्ड गरिनेछ ।

    त्यसमा १२ हप्ताभित्रका बच्चा अपांग वा अन्य खालका असामान्य आएमा वा बच्चा जन्माउँदा आमाको ज्यान जोखिममा हुने देखियो भने बच्चाका आमा, बुबा दुवैको सहमतिमा सुरक्षित गर्भपतन गर्न, गराउन पाउने व्यवस्था पनि पालिकाले गरेको स्वास्थ्य शाखा प्रमुख  दवाडीले जानकारी दिनु भयो ।मातृशिशु सुरक्षाको सुनिश्चितताका लागि पालिकाले गाउँघरमै अल्ट्रासाउण्ड सेवा सञ्चालन गरीएकाे हाे ।

    प्रकाशित मिति :माघ २८, २०८० आइतवार - १०:५४:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको