२८ माघ काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबारको कार्यपालिका बैठकले अजिरकोट गाउँपालिका भित्रका सबै कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले अजिरकोट गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
सर्वोच्च अदालतले फागुन १ मा ‘जनयुद्ध दिवस’का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो।
