१ फागुन काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालले मंगलबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरमा परेकालाई सहुलियत दिनुपर्ने, हिन्दू राज्य कायम हुनुपर्नेलगायत एजेण्डा बोकेको अभियानले वार्षिकोत्सवको छेको पारेर मंगलबार प्रदर्शन गर्न लागेको हो ।
मिटरब्याजपीडितको व्यानरमा अघि बढ्ने यो रुटको र्यालीको नेतृत्व शम्भु थापाले गर्नेछन् । महाभियानका सचिवालय सदस्य विजय कँडेलले जुलुसको संयोजन गर्नेछन् भने कोशी अञ्चल अध्यक्ष विरेश कुमार थापा र मेची अञ्चल अध्यक्ष ध्रुव सिवाकोटीले थापा र कँडेललाइ सघाउनेछन् ।
उपत्यकाका सबैजसो क्षेत्रबाट जुलुस निस्किने भएकाले सवारी आवागमन प्रभावित हुनेछ । ट्राफिक प्रहरीले प्रदर्शनका कारण मंगलबार उपत्यकाको सवारी आवागमन प्रभावित हुनसक्ने भन्दै सुरक्षित बाटो भएर यात्रा गर्न सबैमा अनुरोध गरेको छ ।
