Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको पालिकाहरूमा एकै साथ चार मोटरेवल पुल निर्माण हुदैँ

गोरखाको पालिकाहरूमा एकै साथ चार मोटरेवल पुल निर्माण हुदैँ

जोईन खबर

२, फाल्गुण २०८०
  • 973
    SHARES
  • गोरखाको पालिकाहरूमा  एकै  साथ  चार  मोटरेवल पुल निर्माण हुदैँ

    २ फागुन काठमाडौँ । गोरखा जिल्लाको  पालिकाहरूमा  एकै  साथ  चार  मोटरेवल पुल निर्माण हुदैँ छ । पूर्वाधार विकास कार्यालयमार्फत बन्ने ती पुलहरुको ठेक्का आव्हान समेत भइसकेको छ ।

    images

    पालुङटार नगरपालिका वडा नम्वर ८ को तादिखोला, गोरखा नगरपालिका–१४ र पानपा–८ जोड्ने सिल्लीखोला, पानपा–९ को खारखोला र भिमसेन थापा–१ र बारपाक सुलिकोट–८ जोड्ने जराङ खोलामाथि पुल बन्न लागेको कार्यालयका निमित्त प्रमुख गणेश सुवेदीले बताए ।

    images
    images
    images

    तादिखोलामाथिको पुलको लम्वाई १६ मिटर, सिल्लीखोलाको ११ मिटर, खारखोलाको २५ मिटर र जराङ खोला माथि बन्ने पुलको लम्वाई २० मिटर हुने उनले जानकारी दिए ।

    ‘ठेक्का आव्हान भइसक्यो, अव केही दिनपछि ठेक्का सम्झौता भएर काम अघि बढ्छ,’ उनले भने । १८ महिनाभित्र काम सम्पन्न भइसक्ने उनको भनाइ छ ।

     

    प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - ११:२५:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको