२ फागुन काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुकोटले दोस्रो कप २०८० साविक वडा स्तरिय फुटसल प्रतियोगिता गर्ने भएको छ । यस प्रतियोगिता गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आयोजनामा काठमाडौँको बनस्थलीस्थित बल्छि धुर्वे फुटसल खरिबोटमा यही फागुन ७ गते प्रतियोगिता हुन लागेको गोरखा ताकुकोट सेवा समाज काठमाडौँको कार्यसमितिका महासचिव तथा खेल संयोजक राजन बाबु श्रेष्ठले जानाकारी दिनुभयो ।
उक्त प्रतियोगिता प्रजातन्त्र दिवस २०८० को पावन अवसरमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँले साविक वडा स्तरिय पुरुष फुटसल प्रतियोगिताको आयोजन गर्ने लागेको उहाँले बताउनु भयो । यस प्रतियोगितामा विजेता दुई टिमलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिम लाई नगद रु १० हजार सहित र ट्रफी,मेडल प्रमाणपत्र पाउँने छ ,भने दास्रो स्थान हासिल गर्ने टिमले भन्ने नगद रु ५ हजार ट्रफी,मेडल प्रमाण पत्र प्राप्ता गर्ने, र साथमा उत्कृष्ट प्लेयर, उत्कृष्ट गोल रक्षक लाई ट्रफी,मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यस प्रतियोगिता सहभागि हुन चाहाने वडा स्तरिय टिमले फागुन ५ गते शनिबार आफनो वडाको टिम दर्ता गर्न सक्ने छ । यस संस्थाले टिम दर्ताको लागि रु १००० हजार शुल्क तोकिएको संस्थाका महासचिव तथा प्रतियोगिताका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । साथै खेलमा हुने संख्या भनेको ७ जना खेलाडी र १ जना प्रशिक्षक हुनु पर्ने संस्थाले जनाएको हो ।
यस संस्थाले ताकुकोटबाट काठमाडौंमा बस्ने युवाहरु साथै आजीवन सदस्यहरुको छोरारछोरी र अग्रजहरु बिच चिनजान, परिचय, एकता र भाईचार अभिबद्धीको लागि दोस्रो गोरखा ताकुकोट सेवा समाज कप फुटशल प्रतियोगिता फाल्गुन ७ गते सोमबार गर्ने कार्यसमितिको बैठकले निर्णय गरेको संस्थाका सचिव धिरज उपरकोटीले जानकारी दिनु भयो । २०७२ सालमा स्थापना भएको संस्थाले सामाजिक सेवा कामहरू धेरै गर्दै आएकाे संस्थाका सचिवको भनाइ छ ।
यस संस्थाले फुटशल प्रतियोगितामा सहभागिताका लागि निम्न प्रस्तावहरु
यस प्रतियोगितामा गाउॅपालिका वडा नं ६ ताकुकोट ठेगाना बाट नागरिकता लिएका र संस्थाको आजीवन सदस्य वा उनीहरुको सन्तानहरु सहभागी हुन पाउनेछन् । खेलकाे लागि आवश्यक डकुमेन्टहरु क) टिमको नाम, सम्पर्क नं, व्यवस्थापक र खेलाडीको १ प्रति फोटो टॅास गरिएको बिवरण सहितको फारम ख) नागरिकताको प्रतिलिपी ( १६ बर्ष मुनिको हकमा ठेगना खुल्ने सरकारी कागजातको प्रतिलिपी) ग) सहभागी हुन नपाउने खेलाडी समावेश गरिएको टिम दर्ता गरिने छैन ३ प्रतियोगितामा सहभागिताको लागि मिति २०८०/११/०५ गते शनिबार बिहान ११ देखि दिउॅसो १ः३० बजे भित्र टिम क्याप्टेनर व्यवस्थापक आवश्यक डुमेन्ट र फारम र दर्ता शुल्क सहित गोरखा( ताकुकोट सेवा समाजको वनस्थली कार्यलयमा उपस्थिती भई टिम दर्ता गर्नु पर्ने संस्थाका काेषाध्यक्ष हाेम नारायण श्रेष्ठले बताउनु भयाे ।

उहाँ भनाइ अनुसार सोही दिन गोलाप्रथा गरि समय सहितको टाईसिट सार्वजनिक गरिने र समयमा खेलाडी र टिम उपस्थित नभएमा प्रतिपक्षी टिमलाई बिजयी घोषित गरिने छ भने टिम दर्ता गर्दाको बखतको खेलाडी भन्दा अन्य खेलाडी खेलाएको प्रमाणित भएमा उक्त टिमलाई तुरुन्त निस्कासित गरि आगामी तस्रो न्तककप कप फुटशल प्रतियोगितामा उक्त टिमको खेलाडी र व्यवस्थापकलाई सहभागी हुन प्रतिबन्ध लगाईनेछ संस्थाको आयोजकले जनाएको छ ।