Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरहामा भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि बलात्कार

सिरहामा भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि बलात्कार

जोईन खबर

३, फाल्गुण २०८०
  • 808
    SHARES
  • सिरहामा भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि बलात्कार

    ३ फागुन काठमाडौँ । सिरहामा  भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिकामाथि सामूहिक बलात्कार  भएको छ ।  प्रेमीले सरस्वती पूजा र भ्यालेन्टाइन डेुको बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो।

    images

    बालिका बलात्कार आरोपमा पक्राउ पर्ने  सुखिपुर नगरपालिका -२ का  १८ बर्षीय निकेश कुमार यादवलाई  प्रहरीले पक्राउ गेको छ । ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर जबरजस्ती करणी गरेको आरोपमा  बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए ।

    images
    images
    images

    घटनामा संलग्नलाई अन्यको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।किशोरीलाई  बुधबार अपरान्ह ललाई फकाई जबरजस्ती करणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए ।

    बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए ।किशोरीको उपचार विराटनगरमा भइरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - १६:११:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको