Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा एमाले जिल्ला कमिटी  पदाधिकारीमा त्रिपाठीको समूह विजयी

नेकपा एमाले जिल्ला कमिटी  पदाधिकारीमा त्रिपाठीको समूह विजयी

जोईन खबर

३, फाल्गुण २०८०
  • 862
    SHARES
  • नेकपा एमाले जिल्ला कमिटी  पदाधिकारीमा  त्रिपाठीको समूह विजयी

    ३ फागुन काठमाडाैँ । धादिङको नेकपा एमाले जिल्ला कमिटी पदाधिकारीमा भूमि त्रिपाठीको समूह विजयी भएको छ।आज बिहान मतदानपश्चात दिउँसो सार्वजनिक नतिजाअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईटा उपसचिव पदमा त्रिपाठी पक्ष विजयी भएको हो।

    images

    अध्यक्षमा त्रिपाठी ५४७ मत ल्याएर विजयी भएका छन् । त्रिपाठी समूहबाटै उपाध्यक्षमा अर्जुन श्रेष्ठ गोरखाली ३१५ मत र सचिवमा राधिका सापकोटा ३३८ मत  ल्याइ विजयी भएका छन्। त्रिपाठी समूहबाट खुला उपसचिवतर्फ भक्तबहादुर लामिछाने ३४८ मत र महिलातर्फ उर्मिला रेग्मी रूपाखेती ३५१ मत ल्याएर निर्वाचित भएकी छन्।

    images
    images
    images

    माघ २१ गतेबाट सुरू भएको अधिवेशनले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्षका दुई आकांक्षी भूमि त्रिपाठी र डा. रामकुमार अधिकारीले प्यानलै बनाएर चुनाव लडेका थिए।

    त्यहाँ अधिवेशनको क्रममा दुई समूहबीच झडप हुँदा एकजनाको हातसेत भाँच्चिएको थियो। 

    प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - १७:११:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको