Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोयिगताम ह्वाइट माउन्टेन र ग्रिनल्यान्डको जित

प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोयिगताम ह्वाइट माउन्टेन र ग्रिनल्यान्डको जित

जोईन खबर

४, फाल्गुण २०८०
  • 979
    SHARES
  • प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोयिगताम ह्वाइट माउन्टेन र ग्रिनल्यान्डको जित

    ४ फागुन काठमाडौँ । प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोयिगताको जुनियर ब्वाइजमा बिहीबार ह्वाइट माउन्टेन र ग्रिनल्यान्डले जित हात पारेका छ । ह्वाइट माउन्टेनले भद्रकालीलाई २१–१७ ले पराजित ग¥यो ।

    images

    विजेताका डेनिश गुरुङले ६ अंक जोडे भने, ग्रिनल्यान्डले न्यु जेनिथलाई २२–१६ ले हराएको थियो । साथै ग्रिनल्यान्डका वंश थापाले ६ स्कोर  गरेका थिए । जुनियर ब्वाइजमै आयोजक किङडम हिमालयनले जिनियस वल्र्डलाई ४२–३२ तथा स्काइलार्कले ओडिसीलाई २०–१० ले पाखा लगाए । किङडमका जिग्मे लामाले १२ अंक जोडे ।सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी ९इबीए० ले किङडमलाई ४४–४३ तथा जिनियस वल्र्डले ओडिसीलाई ३९–२१ ले पन्छाए ।

    इबीएका सुहान भण्डारीले २० तथा जिनियस वल्र्डका प्रदीप तामाङले १६ स्कोर गरे ।सिनियर गल्र्समा ग्रिनल्यान्डले न्यु जेनिथलाई १९–१५, पिपुल्स एकेडेमीले बसुन्धरा नेसनल एकेडेमी ९बीएनए० लाई २४–१८ र फेरिल्यान्डले भद्रकालीलाई २०–१५ ले पराजित गरे । ग्रिनल्यान्डकी आहाना खड्काले ५, पिपुल्सकी अन्जु र सफीले समान २–२ तथा फेरिल्यान्डकी कृतिकाले १४ अंक बटुले  जित हासिल षरेका थिए ।  

    प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - १०:४६:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको