४ फागुन काठमाडौँ । नेपाल मगर संघ केन्द्रीय समितिको २८ औँ राष्ट्रिय सम्मेलन गोरखामा गरिने भएको छ । यस सम्मेलन यही जेठ १२ र १३ गते हुने सम्मेलन गोरखामा गर्न लागिएको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सम्मेलनमा विधान संशोधनदेखि नीति तथा योजना निर्माण गर्ने ,मगर समुदायको सामाजिक, आर्थिक, राजनीतिक तथा आर्थिक विकासको विषयमा छलफल गरि अघि बढाउने पनि संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको सम्मेलनमा देशका ७७ वटै जिल्ला समितिहरुबाट सातसयभन्दा बढी पदाधिकारीहरुको सहभागिता हुने छ ,भने प्रदेश, संघका भातृ संगठन, वैदेशिक शाखा उपस्थिति हुने उहाँको भनाइ छ ।
सम्मेलनमा संघले अहिले सम्म गरेका कार्यक्रमको समीक्षा गर्ने कार्यक्रम तय रहेको छ । यस कार्यक्रम गोरखा संग्रहालय परिसरमा गर्ने तयारी गरिएको छ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गराउने भनिएको छ ।