४ फागुन काठमाडौँ । गण्डकी प्रदेशमा १० जना कर्मचारी पुरस्कृत भएका छन् । यस गण्डकी प्रदेशले आज स्थापना दिवसको अवसर पारी कार्यालयमा बसि सर्वोत्कृष्ट,उत्कृष्ट काम गर्ने कर्मचारीहरलाइ पुरस्कृत गरेका हुन् ।
यसवर्षको सर्वोत्कृष्ट उत्कृष्ट कर्मचारीहरू मध्ये जसमा सर्वोत्कृष्ट उत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मी,उत्कृष्ट प्रदेश निजामति पुरस्कार मुख्यमन्त्री कार्यालयका प्रदीपचन्द्र सुवेदी, जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय पर्वतका विष्णुहरी अधिकारी, यातायात व्यवस्था कार्यालय कास्कीका समिना पुनले, प्रदेश निजामति पुरस्कार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सुरेशकुमार श्रेष्ठ, मुख्यमन्त्री कार्यालयका शिव लम्साल, अर्थ मन्त्रालयका तेजेन्द्रप्रसाद ढकाल, आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका डा।शंकर गौतम, गोरखा अस्पतालका प्रतिमा श्रेष्ठ र पर्यटन तथा उद्योग कार्यालय कास्कीका अर्जुन काफ्ले पुरस्कृत भएका छन् ।