Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा प्रजातन्त्र दिवसको दिन बिभिन्न कार्यक्रमका गरी मनाइने,यस्तो छ कार्यक्रम

गोरखामा प्रजातन्त्र दिवसको दिन बिभिन्न कार्यक्रमका गरी मनाइने,यस्तो छ कार्यक्रम

जोईन खबर

४, फाल्गुण २०८०
  • 853
    SHARES
  • गोरखामा प्रजातन्त्र दिवसको दिन बिभिन्न कार्यक्रमका गरी  मनाइने,यस्तो  छ कार्यक्रम

    ४ फागुन काठमाडौँ । गोरखामा प्रजातन्त्र दिवसको अवसरमा तीन दिनसम्म बिभिन्न कार्यक्रमका गरी मनाइने भएको छ । फागुन ७ गते पर्ने प्रजातन्त्र  दिवसको अवसरमा फागुन ६ गते देखि जिल्ला समन्वय समिति गोरखाले गोरखाको रानीपोखरी र गोरखा दरवार संग्रहालय वारपर सरसफाई गर्ने कार्यक्रम  राखेको छ । 

    images

    सरसफाई कार्यक्रममा सम्पूर्ण सरकारी निकाय, सुरक्षाकर्मीहरु, राजनीतिज्ञ, पत्रकार, नागरिक समाज लगायतको सहभागिता रहने व्यवस्था मिलाइएको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिनुभयो ।

    images
    images
    images

    उक्त दिन  फागुन ७ गते प्रभात फेरि कार्यक्रमको आयोजना गरिने उहाँले बताउनुभयो । प्रभातफेरि जिल्ला समन्वय समिति गोरखाको कार्यालयबाट सुरु भएर नयाँ बसपार्क ठूलो आँगन, हस्पिटल चोक, हरमटारी चोक हुँदै फेरी  जिल्ला समन्वय समिति  गोरखाको कार्यालयमा आएर समापन हुने भएको छ । 

    साथै फागुन ८ गते प्रजातन्त्रमा आम नागरिकहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गोरखाको जिल्ला समन्व्य समितिको सभाहलमा आयोजना गर्ने निर्णय गरीएको जिल्ला समन्वय समिति गोरखाका  प्रमुख थापामगरले जानकारी दिनुभयो ।

     

    प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - १४:३४:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको