Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माइतीघर मण्डलामा टाँगिएकाे ब्यानर जलाउने तिन जना पक्राउ

माइतीघर मण्डलामा टाँगिएकाे ब्यानर जलाउने तिन जना पक्राउ

जोईन खबर

४, फाल्गुण २०८०
  • 808
    SHARES
  • माइतीघर मण्डलामा टाँगिएकाे ब्यानर जलाउने तिन जना पक्राउ

    ४ फागुन काठमाडाैँ । माइतीघर मण्डलामा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर जलाइएको छ। निषेधित क्षेत्रमा टाँगिएको ब्यानर  हटाउन माग गर्दै युवाहरूले ब्यानर जलाएकाे हुन् ।

    images

    आरती साहको न्यायका लागि आन्दोलनमा रहेका आरतीका दाइ प्रेम साह, धर्ना बसिरहेका गोरखाका तेल घलेलगायत तीन जनाले माइतीघरमा टाँगिएको ‘निषेधित क्षेत्र’ लेखिएको ब्यानर जलाएका थिए ।त्यस क्रममा उनीहरुले निषेधाज्ञा खारेज गर, आरती साहलाई न्याय दे, भ्रष्टाचारी आर्मी मुर्दावादलगायतका नारा लगाएका थिए।

    images
    images
    images

    सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेपछि माइतीघरमा धर्नामा रहेकाहरूलाई शान्तिबाटिकामा धर्ना बस्न भनिएको थियो। तर आज बिहान महानगर प्रहरीले त्यहाँबाट पनि भृकुटीमण्डप लगेको थियो। उनीहरू तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    428183758_215077498363185_1465694501587857801_n.jpg

    प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - १७:०१:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको