६ फागुन काठमाडौँ । काठमाडौंको बलम्बुमा इन्स्पेक्टरको बडिगार्ड आफ्नै पेस्तोल पड्किएर घाइते भएका छन् ।आज साँझ ५ बजेतिर प्रहरी भागका प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना बडिगार्ड घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटना बस पड्किएर उनका आफ्नै बडिगार्ड घाइते भएको बताइएको छ।घाइते बडिगार्ड सिपाही आशिष जैसवालको उपचारका लागि एपिएफ अस्पताल लगिएको छ।
एक जना सर्वसाधरणको पनि खुट्टाको औंलामा सामान्य चोट लागे पनि उनी उपचारपछि घर फर्किसकेका छन्। इन्स्पेक्टर श्रेष्ठमाथि अनुसन्धान गर्न नियन्त्रणमा लिइएको छ।