Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा लोयल्टी र काभ्या क्वाटरफाइनल प्रवेश

१२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा लोयल्टी र काभ्या क्वाटरफाइनल प्रवेश

जोईन खबर

८, फाल्गुण २०८०
  • 844
    SHARES
  • १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा लोयल्टी र काभ्या क्वाटरफाइनल प्रवेश

    ८ फागुन काठमाडाैँ । १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार आयोजक लोयल्टी ‘बी’ र काभ्या क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ५–० गोलले सहजै पराजित ग¥यो ।

    images

    लोयल्टी ‘बी’ का साहिल राईले ह्याट्रिक गरे भने विंगु थापाले २ गोल थपे । रिलायन्सका अनुपराज चौहान ‘म्यान अफ द म्याच’ घोषित भए । काभ्याले दोहोरो जित निकाल्यो । काभ्याले सिद्धार्थ बनस्थलीलाई १–० गोलले हरायो । रौनक बस्नेतले निर्णायक गोल गरे । सिद्धार्थका ऋजेन्द्र पोखरेल ‘म्यान अफ द म्याच’ चुनिए । अर्को खेलमा काभ्याले रिलायन्सलाई १–० गोलले हराउदा दिप्सन श्रेष्ठले निर्णायक गोल गरे । रिलायन्सका दिवासन राई ‘म्यान अफ द म्याच’ बने ।

    images
    images
    images

    चेल्सी वल्र्ड स्कुल र नेपाल पुलिस स्कुलले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । पुलिसले मनास्लुलाई १–० गोलले पाखा लगायो । पुलिसका सनिश आले मगरले गोल गरे । मनास्लुका दिप्सन अधिकारी ‘म्यान अफ द म्याच’ ठहरिए । चेल्सी विरुद्धको खेलमा भने पुलिस ३–० ले चुक्यो ।

    चेल्सीका दर्शित थापा, सुवास तामाङ र रोविन श्रेष्ठले समान १–१ गोल गरे । पुलिसका सुदिप तामाङ ‘म्यान अफ द म्याच’ भए ।मंगलबारको खेल समाप्तिसंगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल पिस प्वाइन्ट र पुलिस, काष्ठमण्डप र काभ्या, चेल्सी र इस्टपोल तथा लोयल्टी ‘बी’ र ब्रम्हकुञ्जबीच हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - २१:५१:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको