९ फागुन काठमाडाैँ । काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुने ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका दुई छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले बताए ।
उनीहरूकाे घर भने, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका वडा न -१० घर भइ हाल अहिले नागार्जुन नगरपालिका वडा न -६ भैरवटोल बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए ।
मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको र घरेलु हतियार प्रहार गरेर उनीहरुको हत्या भएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताएका छन् ।