९ फागुन काठमाडाैँ । अछाममा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु, १५ जना घाइते भएका छन् । १५ जना घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे छ ।
अछामको चौरपाटी गाउँपालिका वडा न -५ स्थित आमरुख नजिक से १ ज ४२९ नम्बरको जीप बुधबार बिहान दुर्घटना भएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउदले बताए ।
अध्यक्ष साउदका अनुसार मृत्यु हुनेमा डोटी पूर्व चौकी-४ का १८ महिनाका बालक किसान खड्का रहेका छन्।घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको अध्यक्ष साउदले बताए ।घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताए ।