९ फागुन काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाएको छ।
निकोलास डिभन १.४ ओभरमा ८ रनमा रनआउटको सिकार भए। यस्तै ४.१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरे। त्यतिबेला नामिबियाले १७ रन जोडेको थियो।
प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार -
१३:२१:३१ बजे