Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गोरखाको लुसिकाङ देखि रुन्चेत जोड्ने  १२२ मि . झोलुंगे पुलको शिलान्यास 

उत्तरी गोरखाको लुसिकाङ देखि रुन्चेत जोड्ने  १२२ मि . झोलुंगे पुलको शिलान्यास 

जोईन खबर

१०, फाल्गुण २०८०
  • 742
    SHARES
  • उत्तरी गोरखाको लुसिकाङ देखि रुन्चेत जोड्ने  १२२ मि .  झोलुंगे  पुलको शिलान्यास 

    १० फागुन काठमाडौँ । धार्चेको लुसिकाङ वडा न ३ र रून्चेत वडा न २  जोड्ने १२२ मि. लामो झोलुंगे पुल निर्माणको लागि हिजो शिलानयास भएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा न ३ लुसिकाङ  देखि वडा न २ रून्चेत जोड्ने झोलुंगे पुल निमार्ण हुन लाग्दा नै त्यहाँका ३ सय घरधुरीका नागरिकहरूको यात्राको समय छोटिएको  छ ।  रुञ्चेतका वासिन्दाले अब मोटरबाटोसम्म पुग्न चारघण्टा हिँड्नु नपर्ने भएको  हो  । अब उनीहरू डेढघण्टामै तातो पानी सडकसम्म पुग्नेगरी झोलुंगे पुल निर्माण गर्न लागिएको वडाअध्यक्ष सरोज गुरुङले जानकारी दिए। कादुरी एग्रिकल्चरल एड एशोसिएशन कादुरी० ले तातोपानी र गर्न लागेको झोलुंगे पुलको बुधबार रुञ्चेतको वेशी जोड्ने गरी निर्माण सिलान्यास गरिएको छ ।

    images

    428612094_888126669988049_9090172811788769166_n.jpg

    images
    images
    images

    गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच पुलको सिलान्यास गरेका हुन् । कादुरीले १२० दिनमा पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरेको बडा अध्यक्ष गुरुङले जानकारी दिए । बडा अध्यक्ष गुरुङ भनाइ अनुसार भोली देखि नै काम सुरु गरेर ५ महिना भित्रमा काम सम्पन्न गराउने र यस पुलको लागत रु १,३३,९४,७५२.३८ रहेको छ । सो पुल बनेपछि रुञ्चेत गाउँका करिव तीनसय घरधुरी डेढघण्टामै तातोपानी मोटर बाटोमा झर्न सक्ने उनले बताए। यसअघि माछाखोलास्थित सडक पुग्न चारघण्टा तथा खोर्लाबेशी स्थित सडक पुग्न तीनघण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको वडाअध्यक्ष गुरुङले जानकारी दिए। अब रुञ्चेतका करिव तीनसय घरधुरीका वासिन्दा डेढघण्टामै तातोपानीको सडकमा झर्न सक्नेछन्।

    428618633_2544246562411444_224931450606812788_n.jpg

    वडाअध्यक्ष गुरुङका अनुसार गाउँको कृषि उत्पादन मोटरबाटोसम्म झार्न सकियो भने गाउँमा उत्पादन वृद्धि हुने विश्वास लिएका छौं । पुल बनेपछि आउजाउमा सहज हुने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् । उक्त शिल्यानास कार्यक्रममा कादुरी संस्थाका प्रतिनिधि, वडा नं ३ र २ का वडा अध्यक्षहरु शेर बहादुर गुरूङ र सरोज गुरूङ लगायत गाउॅंलेहरुको साथमा शिल्यानास कार्यक्रम सम्पन्न भएको थियो । 

    428609315_2544246719078095_5757350358556859349_n.jpg

     

     

     

     

    प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - १२:०७:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको