Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाका स्थानीय तहहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङकन सार्वजनिक , प्रथम आरुघाट , द्वितीय भीमसेन थापा,तृतीय बारपाक सुलिकोट

गोरखाका स्थानीय तहहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङकन सार्वजनिक , प्रथम आरुघाट , द्वितीय भीमसेन थापा,तृतीय बारपाक सुलिकोट

जोईन खबर

१०, फाल्गुण २०८०
  • 859
    SHARES
  • गोरखाका स्थानीय तहहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङकन   सार्वजनिक , प्रथम  आरुघाट , द्वितीय  भीमसेन थापा,तृतीय बारपाक सुलिकोट

    १० फागुन काठमाडौँ । जिल्ला गोरखाका स्थानीय तहहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङकनमाआरुघाट गाउँपालिका  प्रथम  भएको छ ।आयोगले यस आर्थिक बर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्याङकमा आरुघाट गाउँपालिकाले ४८.९५ प्रतिसत अंक ल्याएर  गोरखा जिल्ला कै पहिलो  बनेको हो ।

    images

    आयोगले गरेको कार्यसम्पादन मूल्याङकनमा भीमसेन थापा गाउँपालिकाले ४४.५५ प्रतिसत अंक ल्याएर  जिल्लामा दोस्रो  पालिका बनेको हो । त्यसै गरी कार्यसम्पादन मूल्याङकनमा बारपाक सुलिकोट गाउँपालिकाले ४३.५४ प्रतिसत अंक ल्याएर  जिल्लामा नै तेस्रो बनेको छ ।

    images
    images
    images

    यसै गरी  सिरानचोक गाउँपालिका ४३.४० प्रतिसत अंक ल्याएर चौथो, अजिरकोट गाउँपालिकाले ४२.९१ प्रतिसत अंक ल्याएर  पाँचौ,पालुङटार नगरपालिका ४०.६० प्रतिसत अंक  ल्याएर छैटौँ, शहीद लखन गाउँपालिकाले ४०.३७ प्रतिसत अंक ल्याएर सातौ, गण्डकी गाउँपालिकाले ३८.४५ प्रतिसत अंक ल्याएर आठौँ, चुमनुब्री गाउँपालिका ३७.०७ प्रतिसत अंक ल्याएर नवौँ, गोरखा नगरपालिका २८.६३ प्रतिसत अंक ल्याएर दशौँ रहेको छ भने, जिल्लाका स्थानीय तहहरुमध्ये कार्यसम्पादन मूल्याङकनमा  धार्चे गाउँपालिकाले २८.११ प्रतिसत अंक ल्याएर एघारौँ स्थानमा रहेको  आयोगले कार्यसम्पादन मूल्याङकनमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

    426721446_940211314386042_8835209000808954632_n.jpg

    आयोगले स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङकन कार्यविधि २०७८ को दफा ७ अनुसार स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङकन गरी अंक प्रदान गरेको हो । 

    प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - १२:२९:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको