१४ फागुन काठमाडाैँ । गोरखाकाे गोरखाले नगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीको असामहिक निधनमा पछि आज शोक विदा दिइएको छ । नगरपालिकाको वडा नम्बर १४ प्युघरवेशी स्वास्थ्य चौकीमा कार्यरत अहेव किशोरबाबु सेढाईको आइतवार असामहिक निधन भएको थियो ।
स्वास्थ्यकर्मी सेढाईको ४८ बर्षको उमेरमा भएको अकल्पनीय र असामहिक निधन प्रति गहिरो शोक व्यक्त गर्दै नगरपालिका भित्रका सवै कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु एक दिन विदा दिइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।