Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

जोईन खबर

१४, फाल्गुण २०८०
  • 748
    SHARES
  • वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

    १४ फागुन काठमाडाैँ । वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ। इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ। त्यसको लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए।

    images

    निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

    images
    images
    images

    निर्वाचन कार्यक्रमअनुसार चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ।२०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।

    image_2024-02-26_165015235.png

    प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - १६:४८:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको